नयाँ वर्षको आगमनसँगै भित्तामा नयाँ वर्षको पात्रो झुण्डिएको छ। परारजस्तो पोहोर थिएन, पोहोरजस्तो अहिले छैन्। यसरी नै समय बगिरहेको छ। नयाँ समयको उन्मादी सबैमा छ। समय नयाँ नभएर हाम्रो सोचको पराकम्पन नयाँ हो। हामी आफ्नै जीवनलाई कठिन बनाउँछौ अनि भन्छौं- उल्टो समय चल्यो। समयलाई छालाको थैलोको गंगाजल बनाएर अभागीको विशेषणमा रमाउनु बहादुरी होइन। हिजोसँग उनिएरै आजभोलि आउने हो। हिजो रोपिएको सापेक्षमा फल लाग्ने हो। सुकर्मले ऊर्जा दिन्छ, दुष्कर्मले खोटी बनाउँछ। सुख खोज्न हिँडेको मानिस दुःखको गर्तमा जाकिएको छ।
सन्तान चाहिने सम्पत्तिले पुरिएको छ। सम्पत्ति दरकार पर्ने सन्तानले घेरिएको छ। साधन धनीसँग छ, स्वाद गरिबले पाएको छ। नरम आसन पैसावालले जोडेको छ तर गहिरो निद्रा निर्धनको आँखाभित्र लुकेको छ। फेरिएको त मूलतः अंक हो। प्रकृतिका नियम समान छन्। देशको राजनीतिक व्यवस्था फेरिए पनि गाइवस्तुले घाँस चपाएरै उग्राएका छन्। लामखुट्टेले रगत चुसेर भाग्ने क्रम छोडेको छैन। कली धपक्कै बलोस न बाघले कुनै बाहनामा घाँस खान थालेको छैन। मयूरको नाच उही छ। कोइली स्वरको सम्मोहन घटेको छैन। गौंथली घरभित्रको कलात्मक आकर्षण झन्झन् बढ्दो छ। सूर्यको पूर्वबाट सुरु भएको यात्रा पश्चिममा घर्किने क्रम यथावत छ।
सन्तान चाहिने सम्पत्तिले पुरिएको छ। सम्पत्ति दरकार पर्ने सन्तानले घेरिएको छ। साधन धनीसँग छ, स्वाद गरिबले पाएको छ। नरम आसन पैसावालले जोडेको छ तर गहिरो निद्रा निर्धनको आँखाभित्र लुकेको छ। फेरिएको त मूलतः अंक हो। प्रकृतिका नियम समान छन्।
संगीतको सम्पूर्ण काव्य सात सुरमै सीमित छ। कखरा र एबीसीका अक्षर न बढ्न सके, न घट्न। यी यावत दृश्य देख्दादेख्दै पनि मानिसभित्र एउटा छद्म अहं छ, जसले प्रकृतिका हरेक अंशमा आफ्नो स्वामित्त्व खोज्छ। मानिसले चरा देखेर जहाज बनायो, माछाको जीवन नक्कल गरेर पानी जहाज बनेर तैरिन जान्यो। खै, संसारको सबैभन्दा विवेकशील जुनी पाएको मानिस तर सार्थक मानिस भएर बाँच्न किमार्थ जानेन्। आज सहरमा घरभन्दा अग्ला पर्खाल छन्। जनताको भात खाने पैसा काटेर बम, गोली र बारुदमा पैसा स्वाहा बनाइएको छ। पिउन छोडेको उपलक्ष्यमा अन्तिम पटक पिउनेहरुको भीडमा नयाँ वर्ष अल्मलिएको छ।
भरिया भएर सन्तानलाई सहरिया बनाउने बा र सहर भासिएका सन्तानबाट एउटा फरिया नपाउँदा पनि गुनासो नगर्ने आमाका सपना पाइला पाइला शहीद हुँदै आएका छन्। निराशाले सबैलाई लपेटेको छ। धेरै मानिस २५ वर्षकै उमेरमा मरेका छन् तर उनीहरुको अन्तिम संस्कार ७५ वर्षमा हुने गरेको छ। आखिर जति नै किताब पढेपनि पीडा लुकाएर हाँस्न र मन बाँधेर बाँच्न त जिन्दगीले नै सिकाउने हो। २० वर्षको उमेरमा एउटा मानिस आफ्नो इच्छामा हिँड्छ, ३० वर्षमा बुद्धिमा र ४० वर्षमा अनुमानमा हिँड्छ। अज्ञानी हुनु लाजमर्दो होइन, जति सिक्ने इच्छा नराख्नु हो।
बाफ बनेर उँडेका सपना एकदिन बादल बनाएर बर्षाउनुपर्छ। मनलाई फूलजस्तो नभएर पत्थरजस्तो बनाउन सिक्नुस् किनकी यहाँ फूल चुँडेर पत्थर पुज्ने चलन छ। मलाई भन्नुभयो भने बिर्सन्छु, सिकाउनुभयो भने सम्झन्छु, अझ सामेल गराउनुभयो भने सिक्नेछु। केही यस्तो लेख्नुस जुन पढ्न लायक होस, केही त्यस्तो गर्नुस जुन लेख्न लायक होस। आत्मविश्वास पनि छाताजस्तै होस, झरी त रोक्दैन तैपनि बाछिटाबाट बचाउँछ। धनी र असलमा मान्छेमा फरक धनी मानिस अरुको दुःखमा स्वार्थ देख्छ भने असल मानिसले दया। सफल मानिस फैसलाले दुनियाँ बदल्छ। असफल मानिस दुनियाँको डरले फैसला बद्ल्छ।
जिन्दगीमा यस्तो मानिसलाई किमार्थ अन्याय नगर्नु जोसँग गुहार्न ईश्वरबाहेक कोही हुँदैन। जिन्दगी कुहिरोजस्तै हुन्छ, जति हिँड्दै जानुहुन्छ, उतिनै बाटो देखिदै जान्छ। मेहनत, हिम्मत र लगनले सपना सफलतामा अनुवाद हुन्छ। सबै गुमाएर पनि तपाईंसँग हौसला छ भने सम्झनुस तपाईंको केही गुमेको छैन। अक्सर महान बन्ने चाहनामा मान्छेहरु मानव बन्न नै बिर्सन्छन्। नराम्रो विचार आयो भने भोलिलाई थाती राख्नुस्। सकारात्मक धारणा आयो भने अहिल्यै गर्नुस। जहाँ प्रयासको उचाई अधिक हुन्छ, त्यहाँ भाग्यले पनि झुक्नुपर्छ।
टेकेको लाठी, समाएको हाँगा र उक्लिएको सिंढी बिर्सिनेको अस्तित्व एकदिन नामेठ भएर जान्छ। त्यसैले तारिफ चित्रको नभई चरित्रको हुनुपर्छ। शरीरको सौन्दर्य त भ्रम हो। सबैभन्दा सुन्दर वाणी हो, वाणी।
थाके आराम गर्ने हो, तर हार्ने होइन। यदि तपाईंसँग जे छ, त्यसबाट सन्तुष्ट र खुसी हुनुहुन्छ भने तपाईं संसारकै समृद्ध मानिस हो। यदि भाँडा खाली छ भने यो नसम्झनुस् कि माग्न हिँडेको छ, हुनसक्छ भएको चीज सबै बाँडेर आएको होस्। म छु , हामी छौं भन्ने भनाइ सुन्दर अभिनय हो। अन्तिममा आफ्नो साथमा हुने आफूमात्र हो। तस्बिरका रंग चाहे जे भएपनि मुस्कानको रंग नै अजेय र सुन्दर हुन्छ। प्रेम र जागिर उस्तै हो, गुनासो पनि गर्ने गर्न पनि नछोड्ने। जीवनमा प्रतिशोध पाल्नु भनेको हातमा आगोको झिल्कोसहितका भुतभुते राख्नुसरह हो।
टेकेको लाठी, समाएको हाँगा र उक्लिएको सिंढी बिर्सिनेको अस्तित्व एकदिन नामेठ भएर जान्छ। त्यसैले तारिफ चित्रको नभई चरित्रको हुनुपर्छ। शरीरको सौन्दर्य त भ्रम हो। सबैभन्दा सुन्दर वाणी हो, वाणी। यसले दिल जित्न र चिर्न दुवै सक्छ। दुनियाँमा समस्या समस्यामा नभएर दृष्टिकोणमा हुन्छ। आफू अज्ञानी छु भन्ने थाहा पाउनु ज्ञानको ठूलो फड्को हो। कसैले तपाईंको मन दुखाउँछ भने दुखी नहुनु प्रकृतिको नियम यो छ कि जुन रुखमा मीठो फल हुन्छ, मान्छेहरु त्यहीँ बढी ढुंगा मिल्काउँछन्।
ठूलो मानिस बन्नु उत्तम हो, अझ राम्रो मान्छे बन्नु सर्वोत्तम हो। हार्दिक सम्बन्धले वाचा, कसम माग्दैन। रोज डे, प्रपोज डे, चकलेट डे जस्तै रोटी डे हुँदो हो त संसारमा कसैले सारंगी पेट बाँच्नु पर्दैनथ्यो। तपाईंको स्वभावले नै हो, तपाईंको भविष्य निर्धारण गर्ने। एक्लै हिँड्ने साहसले आफूभित्रको ऊर्जाको परिचय दिन्छ। जिन्दगीको बाटो आफैं बनाउनुपर्छ। जसले जस्तो बाटो बनाउँछ, लक्ष्य उस्तै भेट्छ।
तागतमा जीवन र कमजोरीमा हार हुन्छ। गल्ती भनेको काममा निरन्तर लागिरहेको सबुत हो। हामी त्यही हौं, जुन आफ्नो सोचले बनाएको हुन्छ। दुःखमा साथ दिनेहरु ईश्वर हुन्छन्, सुखमा साथ दिनेहरु मनुष्य। हरेक विजेता त्यो हार खाएको मानिस हो, जसले फेरि प्रयास गर्न जानेको हुन्छ। चक्कु, चुलेसी र हँसियाबीचको झगडा रोक्न अगाडि नबढेको उचित हुन्छ। नदीको छेउमा उभिएर नदी पार होइन्न। सुतेर सपना देख्दै सपना पूरा हुँदैन। सपना पूरा हुन त कदम चाल्नुपर्छ। आफ्नो दुख आफैंभित्र राख्नुस् किनकी दुनियाँमा त्यस्ता मानिसहरु पनि छन्, जो तिम्रो दुख रोइरोइ सोधेर हाँसी हाँसी दुनियाँलाई सुनाउँछन्।
तागतमा जीवन र कमजोरीमा हार हुन्छ। गल्ती भनेको काममा निरन्तर लागिरहेको सबुत हो। हामी त्यही हौं, जुन आफ्नो सोचले बनाएको हुन्छ। दुःखमा साथ दिनेहरु ईश्वर हुन्छन्, सुखमा साथ दिनेहरु मनुष्य।
यदि तपाईंभित्रको मान्छेले विश्वास गर्छ भने बाहिरको मान्छेले किमार्थ सफलता रोक्न सक्दैन। केही काम थालेपछि आतिने या छोड्ने नगर्नुस्। जसलाई सपना देख्ने सोख छ, उसलाई रात छोटो लाग्छ। जसलाई सपना पूरा गर्ने सोख छ, उसलाई दिन छोटो लाग्छ। कहिले समय अनुसार आवश्यकता बद्लिन्छ भने कहिले आवश्यकताअनुसार समय बद्लिदैन। उज्यालोमा त कोही न कोही अवश्य भेटिन्छ, त्यसैले त्यस्तो मानिस खोज जसले अन्धकारमा पनि तिमीलाई साथ दिन्छ। आफैं मेहनत गरेर आफ्नो भाग्य लेख्नू, नत्र परिस्थितिले भाग्य लेखिदिने छ। साथ छोडेर जानेहरुले यादको भारी बोकाएर जान्छन्।
संसारमा सबैभन्दा बढी दिइने तर सबैभन्दा कम ग्रहण गरिने वस्तु हो- अर्ती। आफूभित्रबाट आत्मसात गरिएको वस्तु मात्र दिगो र चीरस्थायी हुनसक्छ। नयाँ वर्ष शुभकामनामा सीमित भयो भने त्यो देउरालीको ढुंगो घुम्ने कामभन्दा पर नहुने पक्का छ। हरेक समयलाई शुभघडी मान्ने परम्परा बस्यो भने नयाँ वर्षले हैन, कामको प्रतिफलले जीवन नयाँ ढर्रामा प्रवेश गराउँछ। त्यतिबेला उड्न पुतली बन्नु पर्दैन।