राजनीति

नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी

By खबरहब

April 13, 2024

पर्वत– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् । पहाडीले निकटतम् प्रतिद्वन्द्वी पदमपाणि शर्मा भन्दा एक सय २१ मत बढी प्राप्त गरेका हुन् ।

पहाडीले दुई सय ४८ मत प्राप्त गरे भने शर्माले एक सय २७ मत मात्र प्राप्त गरेका छन् । त्यसैगरी, उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवासचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिला उपसचिवमा विन्दु अधिकारी निर्वाचित भएका छन्  ।

सदस्यहरूमा अधिकांश पहाडी समूहका उम्मेदवार विजयी भएका छन् । पहाडीलाई कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री पदम गिरीको समर्थन थियो । 

अन्य पदमा सर्वसम्मत भए पनि २७ पदमा निर्वाचन भएको थियो । सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो ।