क्रिकेट

आईपीएल : आज गुजरात र कोलकाता भिड्ने

By खबरहब

May 13, 2024

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार राति पौने ८ बजे गुजरातको होम ग्राउन्ड नरेन्द्र मोदी स्टेडियममा हुनेछ । गुजरात टाइटन्स शुभमन गिल र कोलकोता श्रेयस अय्यरको कप्तानीमा खेल्दैछन् ।

यी दुई टोलीबीच अहिलेसम्म ३ खेल भइसकेका छन् । २ मा गुजरात र १ मा कोलकाता विजयी भएको थियो । तर यो सिजनमा भने पहिलो पटक आमने सामने हुँदैछन् ।

जारी लिगमा कोलकाताले १२ खेलमध्ये ९ मा जित र ३ मा हार बोहोर्दै १८ अंकसहित तालिकाको शीर्षस्थानमा छ । कोलकाता प्लेअफमा पुगिसकेको छ । यता, ५ खेलमा जित र ७ मा हार बेहोरेको गुजरात १० अंकसहित आठौँ स्थानमा छ ।