राजनीति

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

By खबरहब

May 13, 2024

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

उनले राजीनामा पत्रमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

मधेस प्रदेशमा आइतबार नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि यादव संघीय सरकारबाट बाहिरिएका हुन् ।

यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा २ महिना अघि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।

यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।