फाइल फोटो

समाचार

राजीनामा दिनुअघि महन्थलाई भेट्न पुगेका उपेन्द्रले पाएनन् लोसपाको साथ 

By खबरहब

May 13, 2024

काठमाडौं– सरकारबाट बाहिरिनु अगाडि उपेन्द्र यादवले महन्थ ठाकुरको घरमै पुगेर भेटेका छन् । 

सोमबार बिहान ठाकुरको घरमा पुगेर उपेन्द्रले आफूलाई साथ दिन भनेका थिए, तर महन्थले विगतमा उपेन्द्रले आफूलाई गरेको घात सम्झदै साथ नदिने बताएको महन्थको सचिवालयले बताएको छ । 

बिहान ८ बजे तिर भएको भेटमा अध्यक्ष यादवले मधेस प्रदेशको सरकारमा सहयोग गर्न समेत आग्रह गरे । जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेपछि सो सरकार अहिले अल्पमतमा परेको छ । 

कांग्रेस, एकीकृत समाजवादी र लोसपाले साथ दिए जसपा नेतृत्वको सरकार जोगिन सक्ने अवस्था देखेर उपेन्द्र ठाकुरसँग सहयोग माग्न पुगेका हुन् ।

यता ठाकुर पक्ष एमाले, जनमत र नेकपा एकीकृत समाजवादीसँग नजिकिएको छ ।