आर्थिक

नेप्से २४.३९ अंकले बढ्यो, कारोबार ३ अर्बमाथि 

By खबरहब

May 13, 2024

काठमाडौं–सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २४.३९ अंकले बढेको छ । आज नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा कायम भएको छ ।

आज ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँ बराबरको ९५ लाख ४१ हजार १७ कित्ता शेयर ४५ हजार ८२८ पटक किनबेच भएको छ ।

आज नेप्सेमा ३२० कम्पनीको कारोबार हुँदा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.८३ अंकले, फ्लोट इन्डेक्स १.७९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २ अंकले बढेको छ ।

१३ वटा उपसमूहमध्ये ४ समूहको शेयर मूल्य घटेको छ भने ९ समूहको शेयर मूल्य बढेको छ ।

आज तिन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नारायणी डेभलप्मेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।