फाइल फोटो

अपराध

कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ

By खबरहब

May 13, 2024

कञ्चनपुर– भिमदत्त नगरपालिका-५ बनखेतस्थित शंकर दत्त भट्टको हाइवे फास्ट फुड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा शंकर समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार २ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।