अन्तर्राष्ट्रिय

युद्ध विरामको बाटोमा इजरायल र हमास

By मनोज घिमिरे

June 13, 2024

७ अक्टोबरमा सुरु भएको गाजा युद्ध सकिने सम्भावना देखिएको छ। दीर्घकालीन युद्ध विरामका लागि अमेरिकाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठकमा राखेको प्रस्तावमा १५ मध्यको १४ ले मतदान गरेका छन्। रुस भने अनुपस्थित थियो।

अमेरिकी प्रस्तावमा हमासले सम्पूर्ण बन्दी रिहा गर्ने, मृत्यु भएका बन्दीको शव बुझाउने तथा इजरायलले सम्पूर्ण कैदी रिहाको प्रस्ताव अघि सारिएको बताएको छ। यो प्रस्तावमा इजरायलले सहमति जनाइसकेको छ। हमासले पनि सहमति जनाउने अपेक्षा गरिएको छ।

यसअघि ३१ मेमा अमेरिकी राष्ट्रपति जो वाइडेनले ७ औं औद्योगिक देशका साथमा सुरक्षा परिषद्का पहलमा युद्धरत पक्षसँग वार्ता अघि बढाउनुपर्ने कुरा राखेका थिए।

यो मतदानले युद्ध विरामको योजना कार्यान्वयनका लागि दुवै पक्षलाई दबाब परेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेटेर योजना कार्यान्वयनका लागि पहल गर्न अनुरोध गरेपछि युएस सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केनले यो प्रस्ताव अघि सारेका हुन्। हमासले यो प्रस्तावले दीर्घकालीन युद्ध विराम तथा गाजाबाट इजरायली सेना हट्ने कुराको ग्यारेन्टी खोजी रहेको छ।

इजरायल र अमेरिकी अधिकारीका अनुसार दोहा निकट मध्यपूर्व निकट नेताको भने यसमा धारणा सार्वजनिक भएको छैन।

इजरायल र अमेरिकी अधिकारीका अनुसार दोहा निकट मध्यपूर्व निकट नेताको भने यसमा धारणा सार्वजनिक भएको छैन। कतार सरकारको पहलमा इजिप्टसहित सक्रिय भएपछि पहिलो चरणमा अल्पकालीन युद्ध विराम भएको थियो। सोही युद्ध विरामका कारण केही बन्दी रिहा भएका थिए। अमेरिकी पुन समाधानका लागि तयार गरिएको ड्राफ्टमा गाजाबाट सधैँका लागि इजरायली सेना हट्ने तथा सबै बन्दी रिहाको विषय छन्। यसले दीर्घकालीन युद्ध विरामको सम्भावना बढाएको छ।

तेस्रो चरणको पुर्ननिर्माण कार्यक्रम धेरै लामो समयको हो। यो लामो समयको योजनामा गाजाको चौतर्फी विकासको कुरा उल्लेख गरिएको छ। नेतन्याहूसँग अमेरिकी नेताको भेटघाट भएको १० दिनपछि यो सार्वजनिक रूपमा अघि आएको हो। इजरायली नेताले भने यसका बारे कुनै कुरा अघि ल्याएका थिएनन्।

अहिले इजरायलको आन्तरिक मामला पनि समस्याको विषय बनेको छ। इजरायली प्रतिपक्षी शक्ति उग्र दक्षिण पन्थी शक्तिले यो युद्ध विरामको प्रस्ताव अघि सरेमा विद्रोह गर्ने चेतावनी दिइरहेको छ।

पूर्व जनरल बेनी गेट्जले वार क्याबिनेटबाट आइतबार राजीनामा दिनुले अस्थिरताको सङ्केत गरेको छ। वाइडेनले आफ्नो ट्विटर एकाउन्टमा हमास युद्ध विरामको पक्षमा रहेको जनाउँदै नयाँ दिशामा अघि बढ्ने उल्लेख गरिएको छ। राष्ट्रसङ्घका लागि अमेरिकी दूत लिन्डा थोमसले शान्तिको पक्षमा मतदान गरेको बताए।

बेलायतका राजदूत बारबारा उडवार्डले गाजाको अवस्थालाई विनाशकारी रूपमा व्याख्या गर्दै जतिसक्दो छिटो पहल गर्नुपर्ने बताएकी छन्।

बेलायतका राजदूत बारबारा उडवार्डले गाजाको अवस्थालाई विनाशकारी रूपमा व्याख्या गर्दै जतिसक्दो छिटो पहल गर्नुपर्ने बताएकी छन्। उनले स्थायी शान्ति वार्ताका लागि इजरायल र हमास दुवै पक्षलाई बारम्बार अनुरोध गरेको पनि बताएकी छिन्। यो पुन समाधान र पुन निर्माणको प्रस्तावलाई बेलायती प्रधानमन्त्रीले पनि स्वागत गरेका छन्। २५ मार्चका दिन राष्ट्र सङ्घीय सुरक्षा परिषद्का युद्ध विरामका लागि प्रस्ताव आह्वान गरेको थियो।

यस अघिको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको थियो। अमेरिकी चाहना सम्पूर्ण बन्दी रिहाइको थियो। ७ अक्टोबरका दिन हमासले इजरायलमा आक्रमण गरेपछि एक हजार २ सय जनाको ज्यान गएको थियो भने २५१ लाई बन्दी बनाइएको थियो। त्यसपछि इजरायलले पनि आक्रमण सुरु गरेको थियो। सो आक्रमणमा परी ३७ हजार जनाको ज्यान गइसकेको हमासको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।

अहिले यो युद्ध विराम भइरहँदा धेरैलाई पुरानो युद्ध र युद्ध विरामको समयको झझल्को आइरहेको छ।  इजरायली सत्ता र भूमि नै ठुलो जनधनको क्षति सहितको युद्धको बलमा बनेको थियो। यो त्यही भूमि हो जुन भूमि सन् १९४८ देखि युद्धको आहालमा नै छ।

अहिले यो युद्ध विराम भइरहँदा धेरैलाई पुरानो युद्ध र युद्ध विरामको समयको झझल्को आइरहेको छ। ७० वर्ष लामो समय युद्धको आहालमा रहेको गाजा युद्ध विराममा अतिवादी दक्षिणपन्थी सधैँका लागि बाधक रहे। 

७० वर्ष लामो समय युद्धको आहालमा रहेको गाजा युद्ध विराममा अतिवादी दक्षिणपन्थी सधैँका लागि बाधक रहे। सन् १९९५ मा शान्तिको बाटोमा इजरायल अघि बढी रहेको समयमा ‘ती सबै भूमि भगवानले यहुदीका लागि बनाइदिएको’ भन्दै त्यसमा भागबन्डा हुनु हुँदैन भन्ने दक्षिण पन्थीकै कारण विगतमा इत्ज्याक रबिनको ज्यान गएको थियो।

इत्ज्याक रबिन दुई पटक इजरायलका प्रधानमन्त्री भएका थिए। सन् १९७० को दशकको मध्यमा उनी पहिलो पटक प्रधानमन्त्री भएका हुन्।

दोस्रो पटक उनी सन् १९९२ देखि १९९५ सम्म इजरायलको प्रधानमन्त्री भए। सोही समयमा प्यालेस्टाइनीसँग शान्तिको हात मिलाएकै कारण उनले नोबेल शान्ति पुरस्कार पनि पाए।

१९९५ मा तेल अभभमा उनको हत्या गरियो। त्यसो त युद्ध नचाहने दुवै पक्षमा हुने नै भए। सन् १९७० मा गाब्दल अब्देल नासेरको सन् १९७० को हृदय घातको ज्यान गएको थियो। उनको उत्तराधिकारी अनबर सादतले सन् १९७९ मा युद्ध विराममा उनले हस्ताक्षर गरेको थियो। सन् १९८१ मा इजिप्टका अधिकारीले उनको हत्या गरेका थिए।

इतिहासका यी दुःखद घटनालाई आधार मान्ने हो भने फेरि पनि अतिवादी सोच हुने नै युद्ध विरामका लागि घातक हुनसक्ने कुरा नकार्न सकिँदैन। मंगलबार ब्लीन्केनले इजरायली अधिकारीसँग भेट गरेका छन्।

इजरायललाई सबै भन्दा धेरै सैन्य सहयोग गर्ने अमेरिकाको चासो शान्ति स्थापनामा रहेपछि इजरायल माथि शान्ति प्रस्ताव स्वीकार गर्ने दबाब थपिएको छ।

यो भेटघाटको क्रम बुधबारदेखि हमाससँग सुरु हुनसक्ने अनुमान गरिएको थियो। तर हमाससँग युद्ध विराम भए पनि कतै इजरायल र हजिबुल्लाह बिचको लडाइँले अर्को रूप लिने त होइन भन्ने भू–राजनीतिमा चासो राख्नेमा देखिन थालेको छ। यसै कारण बृहत्तर अरब शान्तिका लागि इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसँग वार्ता गरिसकेका छन्।

इजरायललाई सबै भन्दा धेरै सैन्य सहयोग गर्ने अमेरिकाको चासो शान्ति स्थापनामा रहेपछि इजरायल माथि शान्ति प्रस्ताव स्वीकार गर्ने दबाब थपिएको छ। यो वार्ता र युद्धको बाटो कता जाने अनिश्चित छ। परन्तु सन् १९४८ देखि सुरु भएको अरबको समस्या सायद अब समाधान हुनेछ। स्रोतः बिबिसी, रोयटर्स