बैंक/वित्त

झरीको वास्ता नगरी सहकारीपीडित आन्दोलनमा (तस्बिरहरू)

By खबरहब

July 13, 2024

काठमाडौं– लगातारको वर्षाले नागरिकको दैनिकी कष्टकर बनेको छ । तर सहकारी पीडितहरूलाई यो झरीले रोक्न सकेन । उनीहरू न्यायको लागि सडक आन्दोलनमा छन् । 

बचत डुबेको चिन्ताले निन्द्रा नलाग्ने भएर झरीमा पनि आन्दोलनमा बसेको पीडितहरूको गुनासो छ । हामीहरूको निन्द्रा भोक खोसेर सरकार निदाइरहेको उनीहरूको आरोप छ । 

सहकारी पीडित बचतकारीकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुसलभ केसीले १४ महिनादेखि निरन्तर सडक आन्दोलनमा बस्दा पनि सरकारले बेवास्ता गरेको बताए ।

उनी भन्छन्, ‘न्याय माग्दा सडकमा आउँदा सरकारले लगेर थुन्यो, पैसा फिर्ता देला भन्दा अपराधीलाई जस्तो जेलमा लगेर थुन्छ ।’

उनीहरू हाल तेस्रो चरणको आन्दोलनमा रहेका छन् । ४९ दिनदेखि उनीहरू शान्तिवाटिकामा रिले अनशनमा छन् ।