खेलकुद

विम्बल्डन टेनिस : अल्काराज फाइनलमा

By खबरहब

July 13, 2024

काठमाडौँ– स्पेनका कार्लोस अल्काराज जारी विम्बल्डन टेनिसको पुरुष सिंगलको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा रुसका डानील मेदभेदेवलाई ६–७, ६–३, ६–४, ६–४ को सेटले हराउँदै अल्काराज फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेटमा हार बेहोरेका अल्काराजले त्यसपछिका तीन सेट लगातार जितेर फाइनलमा पुगेका हुन् ।

अब फाइनलमा उनले आइतबार नोभाक जोकोभिचसँग खेल्नेछन् ।

२१ वर्षीय अल्कराज विम्बल्डन पुरुष सिंगलको डिफेन्डिङ च्याम्पियन समेत हुन् ।