राजनीति

रास्वपाले बाटो मोडिसक्यो, दरिलो प्रतिपक्षी हुन्छ : डीपी अर्याल 

By खबरहब

July 13, 2024

काठमाडौं –राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा)ले अब दरिलो प्रतिपक्षी हुने दाबी गरेको छ । 

कांग्रेस-एमाले गठबन्धन सरकार बन्ने भएपछि रास्वपा दरिलो प्रतिपक्षी भएर बस्ने पार्टी उपसभापति डोलप्रसाद अर्यालले बताए । 

अर्यालले खबरहबलाई भने, ‘रास्वपाले बाटो मोडिसक्यो, अब हामी दरिलो प्रतिपक्षी भएर बस्छौँ । राष्ट्रिय सहमतिका मुद्दामा सहयोग मागेको खण्डमा सल्लाह गर्ने हो । तर हामी कुनै पनि हालतमा सरकारलाई समर्थन गर्दैनौँ । हामीले त सुरुमा नै बाचा गरिसकेका छौँ ।’ 

उनले कांग्रेस एमाले दुवैले नयाँ सरकारलाई समर्थन गर्ने अनौपचारिक रूपमा भनिसकेको तर आफूहरूले बाटो मोडेको जानकारी दिए ।