फाइल फोटो

आर्थिक

नेप्सेमा झिनो अंकको करेक्सन, कारोबार पनि घट्यो

By खबरहब

August 13, 2024

काठमाडौं– मंगलबार झिनो अंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करेक्सन आएको छ । सोमबार ७०.८१ अंकले बढेको नेप्सेमा आज माइनस ८ दशमलब १८ अंकको सुधार आएको  हो ।

मंगलबार नेप्सेमा कारोबार रकम समेत घटेको छ । मंगलबार नेप्सेमा २१ अर्ब ५१ करोड ५० लाख १० हजार बराबरको कारोबार भयो । जबकी सोमबार अहिलेसम्मकै धेरै २७ अर्ब २४ करोड २९ लाख ३४ हजार बराबरको कारोबार भएको थियो ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा १५७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो भने ८० वटा कम्पनीको शेयर मूल्यमा मात्रै वृद्धि भयो । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेको तथ्यांकले देखाएको छ ।

समूहगत आधारमा हेर्दा मंगलबारको कारोबारमा बैंकिङ सूचक, फाइनान्स सूचक, लगानी सूचक, जीवन बीमा सूचक र व्यापार सूचक सकारात्मक रह्यो भने अन्य सूचकहरू नकारात्मक रहे ।

त्यस्तै मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा मातृभूमि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।