ब्रेकिङ स्टोरी

‘एसियन कोअपरेसन डायलग’मा सहभागी हुन प्रधानमन्त्रीलाई निम्तो

By खबरहब

August 13, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी)मा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ ।

प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटगरी उक्त निमन्त्रणा हस्तान्तरण गरेका हुन् ।

उक्त एसिडीमा नेपालससिहत ३५ मुलुक आबद्ध छन् । उक्त मञ्चको १९औँ मन्त्रिस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि एसिडीको सदस्य भएको हो ।

सो अवसरमा दुई देशका आपसीहित र सम्बन्धबारे छलफल भएको थियो । छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।