आर्थिक

ओरियण्टल होटल्स लिमिटेडले ५ प्रतिशत बोनस दिने 

By खबरहब

September 13, 2024

काठमाडौं– ओरियण्टल होटल्स लिमिटेडले बोनस दिने भएको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ५ करोड ६४ लाख ४ हजार ५२२ रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको छ ।

उक्त शेयरको कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२६३१६ प्रतिशत अर्थात् २९ लाख ६८ हजार ६५९ रुपैयाँ नगद बोनस दिने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३८ रुपैयाँ रहेको छ । कम्पनीले उक्त बोनस असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गर्ने छ ।

कम्पनीले बोनस दिनको लागि असोज ७ गते बुक क्लोको मिति समेत तोको छ । सो दिन भन्दा अगाडिसम्म कायम शेयर धनीले उक्त बोनस पाउने कम्पनीका प्रबन्ध सञ्चालक अनिलदास श्रेष्ठले जानकारी दिएका छन् ।