समाचार

तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए, राजस्वमा वृद्धि

By खबरहब

September 13, 2024

तनहुँ– आर्थिक वर्ष २०८०-८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् ।

उक्त कार्यालयले आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा १५ लाख कम राजस्व संकलन गरेको छ । आव २०७९-८० मा ६६ लाख चार हजार दुई सय राजस्व संकलन गरेको यो कार्यालयले आव २०८०-८१ मा ५१ लाख चार हजार आठ सय राजस्व संकलन गरेको  जनाएको छ ।

‘अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछी राजस्वमा वृद्धि हुन थालेको छ, आव २०८०-८१ मा एक हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएका छन्’, कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने ।

त्यसैगरी २०८१-८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् ।

 चालु आवमा उद्योगतर्फ साउन महिनामा तीन सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा दुई सय ११ वटा उद्योग नवीकरण भइसकेका छन् ।