काठमाडौं- काठमाडौं उपत्यकामा सञ्चालित भाडाका ट्याक्सी चालकहरू आन्दोलित भएका छन् ।
पठाओसहितका राइड सेयरिङका कारण आफूहरूको रोजीरोटी खोसिने अवस्थामा आएको भन्दै ट्याक्सी चालकहरू आन्दोलित भएका हुन् ।
बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउनेलगायत मागसहित ट्याक्सी चालकहरूले शुक्रबार काठमाडौंको कोटेश्वर-जडीबुटी क्षेत्रको सडक आवागमन ठप्प पारिदिए ।
व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा उनीहरूले जडीबुटीमा बीचसडकमै ट्याक्सी राखेर सडक अवरोध गरे । केही समय सडक बन्द भएपछि प्रहरीले ट्याक्सी हटाएर आवागमन सुचारू गरिसकेको छ ।
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी