कृषि समितिको बैठक काठमाडौँ, २८ भदौ ः सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गत शुक्रबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेट लगायतका विषयमा समितिले जानकारी लिने र समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषयका सम्बन्धमा सदस्यसँग छलफल गर्दै। तस्बिरः प्रदीपराज वन्त÷रासस

देश/प्रदेश

‘बजार व्यवस्थापनमा चुनौती छ’

By खबरहब

September 13, 2024

काठमाडौं – कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले कृषि उत्पादनमा बजार व्यवस्थापनको चुनौती रहेको बताएका छन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले उत्पादन गरे पनि बजारमा पुर्‍याउन चुनौती रहेको बताए । उनले भने, “बिचौलियाको समस्या छ । उत्पादनकर्ताले मूल्य नपाउने र उपभोक्ताले महँगोमा किन्नुपर्ने बाध्यता छ ।”

बैठकमा मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिने र समस्या समाधानमा आवश्यक सहजीकरण गर्ने विषयका सम्बन्धमा छलफल चलेको थियो ।

सचिव डा खरालले कृषि क्षेत्रमा बजेट र लगानीको आवश्यकता रहेको औँल्याए । उनले भने, “कृषि क्षेत्रलाई अझै रोजगारीमूलक बनाउनुपर्ने छ । नगदे बाली निर्यात गर्न सक्षम छौँ, यसमा हामीले प्राथमिकता पनि दिएका छौँ, अलैँची खेती त्यसको राम्रो उदाहरण हो ।”

बैठकमा सांसद विजुला रायमाझीले रासायनिक मलबाट मानव जीवन र जलवायु परिवर्तनमा प्रतिकूल असर परेकाले जैविक कृषि प्रणालीमा जोड दिनुपर्ने बताए । सांसद सम्झना थपलियाले वास्तविक किसानले अनुदान पाउन नसकेका विषयमा ध्यानाकर्षण गराएका थिए ।