अन्तर्राष्ट्रिय

ह्यारिसको कवच बन्दै ओबामा

By मनोज घिमिरे

October 13, 2024

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा यात्रा गरिरहेका थिए। ठुलो भीड उनलाई हेरिरहेको थियो। त्यसको केही दिनपछि नै उनी ह्वाइट हाउसमा प्रवेश गरे।

अहिले पनि अमेरिकामा चुनावी सरगर्मी छ। विशाल समूहका सामु बिहीबार ओबामा प्रस्तुत भए। उनको अभियान डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई ह्वाइट हाउसमा प्रवेश गराउने हो। लगातार ४ निर्वाचन पेनेसेल्भियना डेमोक्र्याटका लागि उर्वर बनेको थियो। यस राज्यमा नै निर्णायक कदम चाल्न ओबामा त्यहाँ पुगेका थिए। ‘अबको चार वर्ष अमेरिकीहरू कमला ह्यारिसलाई मत दिनका लागि तयार भएर बसेका छन्,’ विशाल भीडलाई इङ्गित गर्दै बाइडेनले भने।

कहिले कहीँ उम्मेदवारले कठिन परिस्थितिको सामना गरीरहेको समयमा पूर्वजहरूले वकालत जरुरी ठानेका छन्। कहिले पूर्वजकै कारण अप्ठेरोमा पनि परेका छन्। सन् २०१२ मा बिल क्लिन्टनले आर्थिक अवस्थाबाट अमेरिकालाई माथि उकास्न सक्ने दाबी गदै ओबामालाई अघि बढाएका थिए।

अहिलेको प्रशासनप्रति अमेरिकी सन्तुष्ट छैनन्। अमेरिकाका लागि ट्रम्पको अङ्ककार पनि रुचिकर भने होइन। यस कारण डेमोक्र्याट ट्रम्पको दम्भले अमेरिकामा ल्याउन सक्ने विभाजनकारी मानसिकता र उज्ज्वल भविष्यका लागि उपयोगी हुन सक्ने ह्यायरिसको व्यक्तित्वलाई उजागर गरी रहेका छन्।

‘म आशावादी हुँ। यस कारण मलाई मानिसको निराश पनि थाहा छ। तथापि हामी केही गर्न सक्छौ भन्ने कुरामा विश्वस्त छौ,’ ओबामाले भने।

ट्रम्पलाई पेनेसेल्भिनियाले स्वीकार गर्ने कुरामा आशावादी समेत नभएको उनले बताए। दशककै सबै भन्दा प्रतिस्पर्धात्मक मानिएको यस निर्वाचनमा ह्यारिसको निम्ति असहज अवस्था छैन। बाइडेनले उम्मेदवारी त्यागे लगत्तै उम्मेदवार बनेकी ह्यारिसको सुरुवाती अवस्था मजबुत बन्दै गएको थियो। यो उनको पक्षको लहरको क्रम रोकिएको छ। पछिल्ला हरेक सर्वेक्षणले दुई प्रतिशतले ह्यारिस अघि त देखाएको छ। तथापि अमेरिकी निर्वाचनमा लोकप्रिय मतले नभई इलेक्ट्रोल मतले निर्णय हुने कारण अवस्था अनिश्चित मानिएको छ।

ट्रम्पको पहिलो कार्यकाल नै विवादास्पद र दुखद भएका कारण अर्को पटक फेरि मौका दिन नहुने कुरामा बारम्बार आवाज उठेका छन्।

ओबामामाथि उनी त्यहाँ नजन्मिएको मुद्दा रिपब्लिकले बारम्बार उठाएका थिए। तथापि अहिले पनि ओबामाको छवि राम्रो छ। पछिल्लो दुई कार्यकाल खराब रहेका कारण अहिले ओबामाको पुरानो छवि नै निर्वाचनका लागि उपयुक्त हुने ठहर गर्दै ह्यारिस ओबामाको ढोका ढकढक्याउन पुगेकी थिइन्। ट्रम्प र बाइडेनको कटुतापूर्ण सम्बन्धले अमेरिकी राजनीतिमा गत १५ वर्षले प्रभाव पारेको थियो।

विभिन्न जातीय र सामाजिक संरचना भएको डेमोक्र्याटलाई भावनात्मक रूपमा एकजुट गराउने सवालमा पनि ओबामाको भूमिका महत्त्वपूर्ण थियो।

सन् २०१६ को निर्वाचनमा हिलारी क्लीन्टनको पक्षमा पनि ओबामा मैदानमा उत्रिएका थिए। यसका बाबजुद निर्वाचनमा ट्रम्पले जित हात पारेका थिए। यस पटक फेरि उनी नै निर्वाचन अभियानमा होमिएका छन्।

ओबामाको आरोप ट्रम्पले चुनावी अभियानमा अनावश्यक गलत हल्ला भिजाएर अमेरिकी मूल्य र मान्याताकै खिल्ली उठाउन खोजेको लगाए। विगतका चुनावमा डेमोक्रयाट र रिपब्लिकले आफ्नो मुद्दा उठाउने भए पनि अहिले ट्रम्प ती सबै मान्यता बिर्सिएर झुट बोल्ने गरेको आरोप ओबामाको थियो।

अहिले बाइडेन प्रशासनले रिपब्लिकलाई आँधी प्रभावित क्षेत्रमा दिइने सहयोग समेत नदिइएको आरोप ट्रम्प प्रशासनले लगाएको छ। यसको प्रतिकार गर्दै बाइडेनले भने,‘एक जना सहयोग गर्न गइरहेकै समयमा अर्को एक गर्ने राजनीतिक जोड घटाउमा मात्र केन्द्रित भएको बताए।’

उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्सले भने धेरै तथ्य बाहिर आउन बाँकी रहेको बताए। पछिल्लो समय ह्यारिसले महिला समानताको विषय उठान गर्दै महिलाको मत बटुल्ने सम्भावना देखेपछि ट्रम्पले अर्को कार्ड फ्याकेका थिए। उनले महिलामाथि दमन गरेको कुरा उठाएर ह्यारिसले नै महिलाको अपमान गरेको आशयको मुद्दा उठाएका थिए।

एबीसी टेलिभिजनमा महिलामा लोकप्रिय रहेको कार्यक्रम ‘द भ्यु’को अन्तरवार्ता सकिएपछि ह्यारिस भने हवार्ड स्टेरन रेडियोमा अन्तरवार्ताका लागि पुगेकी थिइन्। परम्परागत डेमोक्र्याट ब्लकमा रिपब्लिकले उपस्थिति जनाएपछि उनी एरिजोनामा पुगिन्।

अहिले मत स्विङ हुने राज्यमा उथलपुथल रहेको छ। डेमोक्र्याटको मुख्य प्रभाव रहेको मिचिगन, विन्कन्सीन र पेनसेल्भिनयामा केही डगमगाएको अवस्था छ। बाइडेन प्रशासन असन्तुष्ट रहेकाको सङ्ख्या बढी छ। यस समयमा अक्टोबरको मध्यमा आइपुग्दा पनि निर्वाचनको अवस्था यसै भन्न नसकिने भएको छ। परन्तु अहिले पछिल्लो साता डेमोक्र्याट तनावमा देखिएका छन्। यस तनावबाट मुक्त दिलाउन र निर्णय अभियानमा पूर्व राष्ट्रपति जुटेका छन्।

निर्वाचन अभियानमा ट्रम्प बाइडेन प्रशासन प्रति आक्रामक बनेका छन्। ओबामा विगत हेर्न भन्दा पनि सुनौलो भविष्यको कल्पना गर्दै ह्यारिस उपयुक्त भएको वकालत गर्न व्यस्त छन। स्रोतः सिएनएन