समाचार

हेटौँडा–काठमाडौं यात्रामा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

By खबरहब

October 13, 2024

मकवानपुर– हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पि बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौं जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताए ।

कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौंतर्फ पठाइरहेको उनले जानकारी दिए ।