फोटो फिचर

दशैं मनाउन गाउँ गएकाहरु काठमाडौं फर्किन थाले (तस्बिरहरू)

By खबरहब

October 13, 2024

काठमाडौं । बडादशैं अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको हो । मान्यजनहरुको हातबाट टीका ग्रहण गर्न जानेहरुको पनि चोक चोकमा चहलपहल देखिन्छ ।

दशैँमा सुनसान जस्तै देखिने सडकहरुमा सवारी साधनको सङ्ख्या पनि बढ्न थालेको छ । राजधानीको नयाँ बसपार्क बालाजु क्षेत्रमा दशैंका लागि काठमाडौँ छाडेर दशैं मान्न गाउँघर गएका मानिसहरु दशैं सकिए लगतै राजधानी फर्किनेहरुको चहलपहल पनि बढेको छ ।