खेलकुद

नेपालका चार खेलाडी आसीसीको ‘प्लेअर टू वाच’ मा

By खबरहब

January 14, 2024

काठमाडौं – यू–१९ विश्वकप क्रिकेट अघि आइसीसीले नेपालका चार खेलाडीलाई ‘प्लेअर टू वाच’ मा राखेको छ । प्रतियोगिता अघि आइसीसीले सार्वजनिक गरेको ‘प्लेअर टू वाच’मा नेपालका गुलशन झा, देव खनाल, अर्जुन कुमाल र दुर्गेश गुप्ता पनि परेका छन । गुलशन र देव राष्ट्रिय टोलीबाट पनि खेलिसकेका हुनाले टिममा राम्रो प्रभाव पार्न सक्ने खेलाडी रहेको आइसीसीले उल्लेख गरेको छ । विश्वकप क्रिकेटका लागि नेपालको टोली यतिबेला दक्षिण अफ्रिकामा रहेको छ । नेपालको टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मकर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द रहेका छन ।