सांकेतिक तस्बिर

अपराध

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

By खबरहब

January 14, 2024

मकवानपुर–  हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-१० बस्ने १९ वर्षीय ईन्ताज आलम रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित आइतबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।