सांकेतिक तस्बिर

देश/प्रदेश

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

By खबरहब

January 14, 2024

पर्सा– पोखरीया नगरपालिका-१० शिवबर्वा बस्ने ४५ वर्षीय पन्नालाल साहको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

प्रहरीका अनुसार सखुवा प्रसौनी गाउँपालिका-५ पटनिस्थित बाटोमा ना.१० प १५१८ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई पुलको पोलमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका साहको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि पोखरीया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकलमा पन्नालालसहित ३ जना सवार रहेको र अन्य २ जना फरार रहेको प्रहरीले जनाएको छ  ।

हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।