समाचार

रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

By खबरहब

January 14, 2024

काठमाडौं- यस वर्षको प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रदान गरिएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरेको हो ।

त्यस्तै प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठलाई प्रदान गरिएको हो । दुवै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

प्रज्ञा प्रतिष्ठानले पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको हो ।