क्रिकेट

दोस्रो टी-२० मा न्युजिल्यान्ड पाकिस्तानसँग २१ रनले पराजित

By खबरहब

January 14, 2024

काठमाडौं – पाकिस्तानसँगको दोस्रो टी–२० क्रिकेटमा पनि न्युजिल्यान्ड विजयी भएको छ । आज भएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायो ।

न्युजिल्यान्डले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर ३ बलमा १ सय ७३ रन बनाउँदा अल आउट भयो । पाकिस्तानका बाबर आजमले ६६ रन बनाउँदा फखर जमानले ५० रन जोडे ।

न्युजिल्यान्डका एडम मिल्नेले ४ विकेट लिए । टिम सुट्टी, बेन सिएर र इस सोढीले समान २-२ विकेट लिए ।

यसअघि हेमिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रन बनायो । न्युजिल्यान्डका फिन एलेनले ७४ रन बनाए । पाकिस्तानका हरिस रौफले ३ विकेट लिए ।

यो जितसँगै न्युजिल्यान्डले ५ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । पहिलो खेलमा न्युजिल्यान्ड ४६ रनले विजयी भएको थियो । तेस्रो खेल आउँदो बुधवार हुनेछ ।