सांकेतिक तस्बिर

देश/प्रदेश

दार्चुलामा एक जना पुरुष मृत फेला

By खबरहब

January 14, 2024

दार्चुला- दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।