सांकेतिक तस्बिर

देश/प्रदेश

आगो ताप्ने क्रममा जलेर बर्दियामा एक वृद्धाको मृत्यु

By खबरहब

January 14, 2024

बर्दिया- बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका ४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनी छिन् ।

आगोले जलेर उनको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्केको थियो ।

कपडाबाट आगो सल्किँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।