खेलकुद

एसियन कपमा जापानको विजयी सुरुवात

By खबरहब

January 14, 2024

काठमाडौं –एसियन कप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ । आइतबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा जापानले भियतनाममाथि ४–२ गोलको जित हासिल गरेको हो ।

जापानको जितमा ताकुमी मिनामिनोले २ गोल गरेका थिए भने केइटो नकामुरा र अयासे उएडाले एक एक गोल गरेका थिए ।

यस अघि खेलको ३३औं मिनेटमा भियतनामले जापानमाथि २-१ को अग्रता लिएको भएपनि सो अग्रता जोगाउन नक्सक्दा हार बेहोरेको थियो ।

भियतनामका लागि एन्गुएन बाक र फाम तुआन हैले एक एक गोल गरेका थिए ।यो जितसँगै जापानले समुह डी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब जापानले अर्को खेल शुक्रबार इराकविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै भियतनामले अर्को खेल शुक्रबार नै इन्डोनेसियाविरुद्ध खेल्ने छ ।