अन्तर्राष्ट्रिय

समुद्री सीमामा चीनले बेलुन उडाएर दुर्व्यवहार गर्‍यो : ताइवान

By खबरहब

January 14, 2024

ताइपेई- समुद्री सीमा क्षेत्रमा चीनले बेलुन उडाएर दुर्व्यवहार गरेको ताइवानले आरोप लगाएको छ । ताइवानको रक्षा मन्त्रालयले सीमा क्षेत्रमा बेलुन उडानएर चीनले आफ्नो मुलुकमाथि दुव्र्यवहार गरेको आरोप लगाएको हो ।

मन्त्रालयले चिनियाँ बेलुनका कारण हवाई क्षेत्रमा उडान भर्ने नागरिक जहाजमाथि जोखिम उत्पन्न हुने भन्दै यस्ता गतिविधि नगर्नसमेत आग्रह गरेको छ । भ्वाइस अफ अमेरिकाका अनुसार ताइवानी रक्षा मन्त्रालयले चीनको सत्तामा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको यस्तो गतिविधिबाट विचलित नहुन आफ्ना नागरिकहरुलाई अपिल पनि गरेको छ ।

चीनले ताइवानसँगकाृ समुद्री सीमामा पछिल्लो समय बारम्बार बेलुन उडाउँदै आएको छ । ताइवानले चीनको यस्ता कदमको निन्दा गरेपनि चीनले भने यस्ता बेलुन जोखिमपूर्ण नभएको र मौसमी जानकारी लिनमात्रै बेलुन उडाउने गरिएको बताउने गरेको छ ।