फाइल तस्वीर

अन्तर्राष्ट्रिय

उत्तर कोरिया, पाकिस्तान र चीनजस्ता मुलुकले धार्मिक स्वतन्त्रता उल्लङ्घन गरेको अमेरिकी आरोप

By खबरहब

January 14, 2024

वाशिङ्टन- अमेरिकाले उत्तर कोरिया, पाकिस्तान, चीनजस्ता मुलुकले ‘चिन्ताजनक रुपमा’ धार्मिक स्वतन्त्रताको उल्लङ्घन गर्ने गरेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्दै यस्ता मुलुकहरुले धार्मिक स्वतन्त्रता हनन् गर्ने गरेको र आफ्नो मुलुकमा हुने यस्ता गतिविधिमा सहनशीलता देखाएको आरोप लगाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले हालै जारी गरेको ‘चिन्ताजनक रुपमा’ धार्मिक स्वतन्त्रता उल्लङ्घन गर्ने मुलुकहरुको सूचीमा उत्तर कोरिया, पाकिस्तान र चीनसहित म्यान्मार, क्युबा, रुस, साउदी अरब, ताजिकिस्तान, तुर्कमेनिस्तान इरेट्रिया र इरानजस्ता मुलुक रहेका छन् ।

त्यसबाहेक अमेरिकाले अल्जेरिया, अजरबैजान, मध्य अमेरिकी गणतन्त्र, कोमोरोस र भियतनामलाई धार्मिक स्वतन्त्रता उल्लङ्घन गर्ने देशको ‘विशेष निगरानी सूची’ मा राखेको छ । अमेरिकी विदेशमन्त्री एन्थोली ब्लिन्केनले अन्तर्राष्ट्रियस्तरमा धार्मिक स्वतन्त्रताको अभ्यासका विषयमा अमेरिका सदैव दृढ रहेको उल्लेख गरेका छन् ।