राजनीति

माओवादीको विधान अधिवेशनमा आज समूहगत प्रस्तुती  

By खबरहब

February 14, 2024

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहनेछ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गरेको अधिवेशनमा आज २० वटा समुहले आआफ्नो प्रस्तुति दिनेछन् ।

महासचिव देव गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसकेपछि आज प्रस्तुतिकरण हुन लागेको जानकारी दिए । अध्यक्ष प्रचण्डले आज दिउँसो १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसीमा तोकेका छन् ।

भोलिसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।