समाचार

लुम्बिनी गुरुयोजनामा रास्वपाको दबाब यात्रा

By खबरहब

February 14, 2024

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरुयोजनामा दबाब यात्रा गरेको छ । 

बुधबार बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटबाट दबाब यात्रा सुरु गरेको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए । 

दबाब यात्राको नेतृत्व सांसद लक्ष्मी तिवारीले गरेकी छन् । दबाब यात्रामा कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, प्रमीला कुलुजू सहभागी हुनेछन्। त्यस्तै विभागका तर्फबाट गणेश पौडेल, रामहरि लामिछाने, आशिका श्रेष्ठ लगायतका नेता सहभागी रहेका छन् । 

लुम्बिनी गुरुयोजना ४६ वर्षअघि सुरु भएको अवधारणा हो। सन् १९७८ देखि सुरु भएको यो अवधारणाअनुरूप अहिलेसम्म काम हुन नसकेको भन्दै रास्वपाले दबाब यात्रा गरेको हो ।