राजनीति

पदाधिकारीबारे माओवादी अधिवेशनमा विवाद (विधानको मस्यौदासहित)

By खबरहब

February 14, 2024

काठमाडौं- नेकपा माओवादी केन्द्रका पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट चुन्ने कि केन्द्रीय समितिबाट चुन्ने भन्ने विषयमा विधान अधिवेशनमा विवाद देखापरेको छ ।

पार्टीको संस्थापन पक्षले विधान अधिवेशनमा पेश गरेको प्रस्तावमा पदाधिकारीहरु केन्द्रीय समितिबाट अप्रत्यक्षरुपमा चुनिने प्रावधान राखिएको छ । तर, सहभागीहरुले पदाधिकारीको निर्वाचन प्रत्यक्षरुपमा हुनुपर्ने माग गरेका छन् ।

सम्मेलनमा सहभागी एक नेताले खबरहबसँग भने, ‘ केन्द्रीय कमिटीका सदस्यजस्तै पदाधिकारी पनि प्रत्यक्षरुपमा चुनिनुपर्ने हामीले माग गरेका छौं, तर संस्थापन पक्षले केन्द्रीय समितिबाटै पदाधिकारी चुनिने प्रावधान ल्याएको छ, यसमा विवाद छ ।’

फागुन १ देखि ३ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी विधान अधिवेशनमा अध्यक्ष प्रचण्डका तर्फबाट प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्तावमा ११ जना पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरएिको छ । प्रचण्डको प्रस्तावमाथि २० वटा समूह बनाएर छलफल भइरहेको छ ।

अध्यक्ष प्रचण्डले ५१ प्रतिशत केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुने र ४९ प्रतिशत मनोनित गर्ने प्रस्ताव गरेका छन् । तर, हलबाट ६०/४० को माग आएको स्रोतले बतायो ।

यसैबीच माओवादी बिधान सम्मेलनमा २० समुहको ब्रिफिङ  सुरु भएको छ ।

अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको उपस्थितिमा २० समुहको ब्रिफिङ  सुरु भएको हो । ब्रिफिङ आजै सकिने बताइएको छ ।

हेर्नुहोस् विधानको मस्यौदा