समाचार

राप्रपासँग कुनै किसिमको एकता हुन सक्दैन : दुर्गा प्रसाईँ

By खबरहब

February 14, 2024

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका छन् ।

बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफू राप्रपामा जाने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको भन्दै राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका हुन् ।

आफूले पार्टी बनाउन चाहेको भए राप्रपा भन्दा ठूलो पार्टी बनाउन सक्ने उनले बताए । त्यस्तै उनले आफू पार्टी बनाउने भन्दा पनि पीडित, शोषित जनताको मुक्तिका लागि काम गरिरहेको जिकिर गरे  । 

यसअघि राप्रपाले प्रसाईं नेतृत्वको अभियानसँग कार्यगत एकता गर्दै आफ्ना एजेण्डा स्थापित गराउन वार्ता टोली बनाएको थियो । प्रसाईँले अव आफूहरूको आन्दोलन राजधानीमात्रै नभई जिल्ला–जिल्लामा केन्द्रित हुने जिकिर गरे ।