समाचार

एक्कासी चल्नै छाड्यो फेसबुक !

By खबरहब

February 14, 2024

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा एक्कासी समस्या आएको छ । फेसबुकमा समस्या आएसँगै डेस्कटपबाट फेसबुक चल्नै बन्द भएको छ ।

अर्को सामाजिक सञ्जाल एक्समा केही फेसबुक प्रयोगकर्ताहरुले यसबारे गुनासो गरिरहेका छन् । के कारणले फेसबुकमा यस्तो समस्या आएको हो भन्नेबारे स्पष्ट भइसकेको छैन ।

बेलाबेला फेसबुक डाउन हुने समस्या देखिँदै आएको छ । फेसबुमा देखिएको पछिल्लो समस्याबारे फेसबुक वा फेसबुकको माउ कम्पनी मेटाले कुनै टिप्पणी गरेको छैन ।