समाचार

ललिता निवास प्रकरणमा भोलिमात्रै फैसला आउने

By खबरहब

February 14, 2024

काठमाडौं- ललिता निवासको जग्गा प्रकरणमा भोलि बिहीबारमात्रै फैसला आउने भएको छ । विशेष अदालतले बुधबार नै फैसला सुनाउने बताइएपनि अबेर भएकाले हेर्दाहेर्दैमा राखिएको हो ।

गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दामा हिजो बहस सकिएपछि आज फैसला सुनाउने तयारी थियो ।

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत यस मुद्दामा तानिएका छन् ।

अख्तियार दुरुपयोग अनसुन्धान आयोगले २०७६ साल माघ २२ गते सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता गराएको थियो ।