तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

अब श्रीलंका र मौरिससमा पनि भारतीय भुक्तानी प्रणाली यूपीआई चल्ने

By खबरहब

February 14, 2024

नयाँ दिल्ली- भारतको अनलाइन भुक्तानी प्रणाली यूपीआई श्रीलंका र मौरिससमा पनि सञ्चालनमा आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भर्चुअल उपस्थितीमा श्रीलंका र मौरिससमा पनि यूपीआई सञ्चालनमा ल्याइएको हो । त्यसबाहेक मौरिससमा भारतको अनलाइन भुक्तानी माध्यम ‘रुपे’ पनि सञ्चालनमा आएको छ ।

यूपीआई सञ्चालनको शुभारम्भ कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसहित श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाउथको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री मोदीले यूपीआई सञ्चालनमा आएसँगै भारत र श्रीलंका तथा मौरिससबीचको आर्थिक सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे । त्यसबाहेक श्रीलंका र मौरिससको भ्रमण गर्ने भारतीय पर्यटकलाई पनि यसबाट सहज हुने प्रधानमन्त्री मोदीको भनाइ छ ।

यूपीआई श्रीलंका र मौरिसससँगै नेपाल, भुटान, सिंगापुर, यूएईजस्ता मुलुकमा पनि सञ्चालनमा रहेको छ ।