काठमाडौँ– वैज्ञानिकहरूले एक रगत परीक्षणको विकास गरेका छन् । जसले एक व्यक्ति २४ घण्टाभन्दा बढी समयसम्म निदाई जागा रहेको छ कि छैन भनेर सही रूपमा निर्धारण गर्न सक्छ ।
रगत मार्करहरूको एक अद्वितीय संयोजन प्रयोग गरी उल्लेखनीय परिशुद्धताका साथ निद्रा अभाव पत्ता लगाउन सकिने वैज्ञानिकहरूले जनाएका छन् ।
नियन्त्रित प्रयोगशाला सेटिङहरूमा, अष्ट्रेलियाको मोनाश विश्वविद्यालय र बेलायतको बर्मिंघम विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विकसित गरेको परीक्षणले आराम र अनिद्राको अवस्थाहरू बीचको भिन्नतामा ९९ दशमलव २ प्रतिशत सटीकता दर देखाएको छ।
यो बायोमार्कर टेस्ट प्रविधिबाट मानिस २४ घण्टासम्म जागा थियो कि थिएन भनेर पत्ता लगाउन सकिने साइन्स एडभान्सेस जर्नलमा प्रकाशित अध्ययन लेखमा बताइएको छ ।
विश्वमा हुने सडक दुर्घटनामध्ये करिब २० प्रतिशत निद्राको कमीका कारण हुने गरेको छ ।
अनुसन्धानकर्ताहरू यो खोजले निद्राबाट वञ्चित ड्राइभरहरूलाई अझ सजिलै पहिचान गर्न सकिने र यो समस्यालाई सजिलैसँग उपचार गर्न सकिने अवस्था सिर्जना गर्ने आशामा छन् । यो परीक्षण भविष्यमा फोरेन्सिक टेस्टका लागि पनि प्रयोग हुन सक्छ ।
यो निद्रा अभाव बायोमार्कर परीक्षण २४ घण्टा वा सो भन्दा बढी नसुतेकोमा जागा रहेकोमा आधारित छ, तर १८ घण्टासम्म जागा भएको पनि पत्ता लगाउन सक्छ। श्रोत : अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा