काठमाडौं – आज विश्व मिर्गौला दिवस ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्वभर मनाइदैछ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार गम्भीर प्रकारको मिर्गौला रोगका कारण विश्वमा प्रत्येक वर्ष झन्डै १७ लाख मानिसको ज्यान जाने गर्छ। नेपालमा पनि कुल जनसंख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको चिकित्सक बताउँछन्।
सरकारले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा मिर्गौला रोगीले लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ। सरकारले मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको उपचार सेवाका लागि करोडौं रुपैयाँ खर्चिए पनि रोग निदानमा सचेतना अपनाउन नसक्दा मिर्गौला प्रभावितको संख्या बढ्दै गएको चिकित्सक बताउँछन्।
मिर्गौला प्रत्यारोपण निःशुल्क भइसकेपछि सरकारले सूचीकृत ५५ अस्पताललाई प्रत्यारोपणबापत प्रतिव्यक्ति करिब साढे पाँच लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
मिर्गौला प्रत्यारोपण निःशुल्क भइसकेपछि सरकारले सूचीकृत ५५ अस्पताललाई प्रत्यारोपणबापत प्रतिव्यक्ति करिब साढे पाँच लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। क्रस चेकबापत ५० हजार रुपैयाँ तथा औषधिबापत एक लाख रुपैयाँ गरेर झन्डै साढे पाँच लाख रुपैयाँ सरकारले लगानी गरिरहेको छ। तर, रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन पूर्व सचेतनामा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ।
नेपालमा मिर्गौला रोगी र प्रत्यारोपणको अवस्था काठमाडौं उपत्यकामा सात र बाहिर तीन गरेर देशभर १० अस्पतालमा मात्रै मिर्गौला प्रत्यारोपणको सेवा उपलब्ध छ। बिरामीको चापअनुसार जनशक्ति र उपकरणको अभाव, मिर्गौला प्रत्यारोपणको लाइसेन्स पाएका चिकित्सक ६४ जना मात्रै छन्। जसका कारण आवश्यक जनशक्ति र उपकरण रहेका ठूला अस्पतालले पनि सेवा दिन सकिरहेका छैनन्।
त्यसैले विभिन्न कारणले नेपालमा हरेक वर्ष तीन हजार नागरिकको मिर्गौला फेल हुने गरेको तथ्याङक रहेपनि पछिल्ला १५ वर्षमा जम्मा दुई हजार एक सय २१ जनाको मात्रै मिर्गौला प्रत्यारोपण हुन सकेको अवस्था रहेको मेडिसिटी अस्पताल नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलको भनाइ छ।
डा. पौडेलका अनुसार पछिल्लो मेडिकल मान्यता अनुसार कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या देखिन्छ । त्यसको १० प्रतिशतमा अझ ठूलो समस्या देखिन्छ।
नेपालको कुल जनसंख्याको १० प्रतिशत अर्थात् वार्षिक करिब ३० लाखको मिर्गौलामा कुनै न कुनै समस्या देखिन्छ। डा. पौडेल भन्छन्, ‘तीन लाखमा यो समस्या अझै ठूलो देखिन्छ। ३० हजारको एउटा मिर्गौला बिग्रे पनि अर्कोले काम गर्छ। तर, वार्षिक तीन हजार बिरामीको त मिर्गौला अन्तिम अवस्थामा पुग्छ। प्रत्यारोपण नै गर्नुपर्छ । तर, अहिले आवश्यकताको पाँच प्रतिशतभन्दा थोरैले मात्र प्रत्यारोपण सेवा पाउन सकेका छन्।’
डा. पौडेलका अनुसार पछिल्लो मेडिकल मान्यता अनुसार कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या देखिन्छ । त्यसको १० प्रतिशतमा अझ ठूलो समस्या देखिन्छ। त्यसको १० प्रतिशतमा एउटा मिर्गौला बिग्रिन्छ र त्यसलाई झिकेर फाले पनि अर्को मिर्गौलाले काम गर्छ। त्यसको १० प्रतिशत जनसंख्या भने मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुग्छ। नेपालमा वि.सं २०६५ देखि मिर्गौला प्रत्यारोपण सुरु भए पनि आम मानिसको पहुँचमा अझै उपलब्ध हुन सकेको छैन। हालसम्म देशभर निजी र सरकारी गरेर १५ अस्पतालले प्रत्यारोपणको लाइन्सेन्स पाएका छन्। तर, ११ अस्पतालले मात्रै प्रत्यारोपण सेवा दिइरहेका छन्।
भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, काठमाडौंका त्रिवि शिक्षण अस्पताल (टिचिङ), वीर र ग्रान्डी तथा ललितपुरका किस्ट, सुमेरु निदान र मेडिसिटी, अस्पतालले प्रत्यारोपण सेवा दिँदै आएका छन् । त्यस्तै, काठमाडौं बाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कलेज अफ मेडिकल साइन्स चितवन र विराटनगरको नोबेल मेडिकल कलेजले प्रत्यारोपण सेवा दिँदै आएका छन्।
काठमाडौं बाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कलेज अफ मेडिकल साइन्स चितवन र विराटनगरको नोबेल मेडिकल कलेजले प्रत्यारोपण सेवा दिँदै आएका छन्।
लाइसेन्स पाए पनि काठमाडौं मेडिकल कलेज र नर्भिक अस्पताल, चितवन मेडिकल कलेज र सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले प्रत्यारोपण सेवा सुरु गरिसकेका छैनन्।
मिर्गौला प्रत्यारोपणबारे ऐनमा के छ ? मिर्गौला प्रत्यारोपणलाई सहज बनाउन मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई खुकुलो बनाइएको छ।
जसअनुसार परिवारका सदस्यसहित ५२ वटा सम्बन्धका नातेदारले कुनै पनि अंग दान गर्न सक्नेछन्। ऐनमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाती, नातिनी, सासू ससुराले अंगदान गर्न पाइने उल्लेख छ । त्यस्तै धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलो बाबु, ठूली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासूससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा माइजू, भान्जा भान्जी, सालासाली, फुपू फुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं र जेठानले पनि नजिकको आफन्तको रुपमा मिर्गौला दिनसक्ने व्यवस्था गरिएको छ।
धर्मपुत्र–धर्मपुत्री र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा भने कम्तिमा दुई वर्षदेखि अटुट सम्बन्ध कायम रहेको हुनुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ।
धर्मपुत्र–धर्मपुत्री र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा भने कम्तिमा दुई वर्षदेखि अटुट सम्बन्ध कायम रहेको हुनुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ। मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ ले दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदारलेसमेत आपसमा मिलेर अंगदान (आपसमा साट्न) पाउने व्ययस्था समेत गरेको छ।
त्यसैगरी कसैले मृत्युअघि अंगदान गर्न चाहेमा त्यस्ता व्यक्तिलाई चिकित्सकले मस्तिष्क मृत्युको घोषणा गरेपछि अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने व्यवस्था गरिएको छ।
प्रत्यारोपणमा व्यवहारिक कठिनाइ मिर्गौला प्रत्यारोपणका लागि ऐनले बाटो खुकुलो बनाए पनि विभिन्न व्यवहारिक कारणले प्रत्यारोपणमा ठुलो सुधार भने नआएको विज्ञ बताउँछन्।
‘शरीरको अंग झिकेर अर्कोलाई दिनु भनेको सानो कुरा होइन। सबैभन्दा पहिलो चुनौती त यही हो। परिवारका सदस्य होस् या आफन्त मिर्गौला दान गर्न तयार हुँदैनन्, यसमा विभिन्न अन्धविश्वास पनि बलियो कारक बनेका छन्’, डा. पौडेल भन्छन्, ‘अर्को चुनौती परिवारका सदस्य राजी भइहाले पनि वंशाणुगत रोग मधुमेह, प्रेसरजस्ता समस्याले गर्दा परिवाभित्रैबाट मिगौंला दिन चाहेर पनि कतिले दिन सकिरहेका छैनन्।’
एउटा मिर्गौला दान गरेर खानपिन तथा जीवनशैलीलाई परिवर्तन गर्न सके दाता र ग्रहणकर्ता दुवैले स्वस्थ जीवन जीउन सक्ने उनको भनाइ छ।
एउटा मिर्गौला दान गरेर खानपिन तथा जीवनशैलीलाई परिवर्तन गर्न सके दाता र ग्रहणकर्ता दुवैले स्वस्थ जीवन जीउन सक्नेछन्।
मिर्गौला सम्बन्धी रोगको कारण मिर्गौला सम्बन्धी रोग एउटै कारणले लाग्छ भन्ने हुँदैन। जन्मजात रोगदेखि जीवनशैली र खानपानका कारणसमेत मिर्गौलामा समस्या हुनसक्छ। मिर्गौला सम्बन्धी रोग लाग्ने पहिलो कारणमा संक्रमण पर्छ। पत्थरी र प्रोस्टेटले समेत मिर्गौलामा समस्या ल्याउन सक्छ। मधुमेह, उच्च रक्तचाप र औषधिको अनुचित प्रयोगलेसमेत मिर्गौला बिग्रिने जोखिम हुन्छ।
मिर्गौला सम्बन्धी रोगको लक्षण कतिपय केशमा मिर्गौलामा रोग लागेको थाहा पनि हुँदैन। एकैचोटी मिर्गौला बिग्रेपछि मात्रै थाहा हुन्छ। कहिले काहीँ वाकवाक लाग्नु, पिसाब धेरै हुन वा धेरै कम हुनु, पिसाबमा फिज हुनु, सधै थकाई लागि रहनु, खान मन नलाग्नु, पिसाबमा रगत देखिनु, छाला सुख्खा हुनु वा चिलाउनु, मासु बाउँडिनु, निद्रा नलाग्नु, ज्वरो आउने लक्षण छ भने मिर्गौला सम्बन्धी रोग हो कि भनेर शंका गर्न सकिन्छ।
चिकित्सकको सिफारिस विना कुनै पनि औषधि खानु हुँदैन। नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने गर्नुपर्छ। विशेष गरेर ४० वर्ष कटिसकेपछि अनिवार्य मिर्गौलाको जाँच गर्न चिकित्सकको सुझाव छ ।
मिर्गौला सम्बन्धी रोगबाट कसरी बच्ने ? स्वस्थ, ताजा र पौष्टिक खाना मिलाएर दैनिक खानुपर्छ। प्रतिव्यक्ति दैनिक ५ ग्राम भन्दा कम नुन खाने बानी गर्नुपर्छ। शरीरलाई आवश्यक पर्ने गरी पानी पिउनु राम्रो हुन्छ। धुम्रपान र मदिरा सेवन गर्नु हुँदैन। दैनिक कम्तिमा ३० मिनेट पसिना आउने गरी व्यायाम गर्ने बानीको विकास गर्नुपर्छ। चिकित्सकको सिफारिस विना कुनै पनि औषधि खानु हुँदैन। नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने गर्नुपर्छ। विशेष गरेर ४० वर्ष कटिसकेपछि अनिवार्य मिर्गौलाको जाँच गर्न डा. पौडेलको सुझाव छ।