जीवनशैली

मिर्गौलासम्बन्धी रोगका कारक तत्त्वहरू

By खबरहब

March 14, 2024

काठमाडौँ– मिर्गौलाको संक्रमण, पत्थरी, प्रोस्टेटको रोग, मधुमेह, उच्च रक्तचाप, औषधिको अनुचित प्रयोग, मिर्गौलामा संक्रमण, जन्मजात रोगहरू हुने गर्छन् ।

मिर्गौला सम्बन्धी रोगका लक्षणहरू मिर्गौला सम्बन्धी रोग लाग्दा सुरुवाती चरणमा लक्षण नदेखिन पनि सक्छ । मिर्गौला रोगको लक्षण नदेखिने भएकाले हेर्दा स्वास्थ्य देखिने व्यक्तिको पनि परीक्षण गर्दा मिर्गौला फेल भएको पाइने गरेको चिकित्सकहरू बताउँछन् । कतिपय अवस्थामा मात्र मिर्गौला रोगको लक्षण देखिन सक्छ ।

मिर्गौलामा समस्या हुँदा देखा पर्ने लक्षणहरू वाकवाक लाग्नु, पिसाब धेरै हुनु वा धेरै कम हुनु, पिसाबमा फिँज हुनु, सधैँ थकाई लागिरहनु, खान मन नलाग्नु , पिसाबमा रगत देखिनु, छाला सुख्खा हुने तथा चिलाउने, शरीरको मासु बाउँडिनु , निद्रा नलाग्नु मिर्गौला सम्बन्धी रोगका लक्षण हुन् । यस्ता लक्षणहरू देखिएमा नजिकैको स्वास्थ्य संस्थामा मिर्गौला परीक्षण गर्नुपर्छ ।

मिर्गौला रोगबाट बच्ने उपायहरू – स्वास्थ्य, ताजा र पौष्टिक खाना नियमित खाने । – फलफूल र सागसब्जी बढी खाने । – प्रतिव्यक्ति दैनिक ५ ग्राम भन्दा कम नुन खाने । – दैनिक तीन लिटर पानी पिउने । – धूमपान तथा मदिरा सेवन नगर्ने । – दैनिक कम्तीमा ३० मिनेट पसिना आउने गरी व्यायाम गर्ने – चिकित्सकको सिफारिस विना औषधि सेवन नगर्ने । – नियमित रूपमा स्वास्थ्य जाँच गराउने ।