समाचार

विश्व मिर्गौला दिवसमा ओलीको अपिल- मिर्गौला बिग्रिए जीवन कष्टकर बन्छ, सचेत बनौँ

By खबरहब

March 14, 2024

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला जोगाउन सार्वजनिक अपील गरेका छन् ।

विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको जनाउँदै यसलाई जोगाउन आग्रह गरेका हुन् ।

दुईपटक मृगौला प्रत्यारोपण गरेका अध्यक्ष ओलीले लेखेका छन्, ‘मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । 

जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ ।’ उनले मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको पनि बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम हो’ उनले भनेका छन्, ‘डाइलासिस गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ ।’