समाचार

उदयपुरमा बोलेरो जिप दुर्घटना, ६ जनाको मृत्यु, ८ घाइते

By खबरहब

March 14, 2024

विराटनगर– सुनसरीको धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६  जनाको मृत्यु भएको छ ।

धरानबाट भोजपुरका लागि छुटेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ८ जनालाई उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

बोलेरोमा १४ जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।