आर्थिक

माछापुच्छ्रे बैंकले पोखराका बिगमार्टमा १० प्रतिशत छुट दिने

By खबरहब

March 14, 2024

काठमाडौं–  माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका  नयाँ वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ ।

बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

बैंकले ग्राहकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १०% वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको हो ।

यो क्यासब्याक रामबजार, पस्र्याङ, बगर, शीतलादेवी, र फूलबारी शाखाका वीगमार्टमा उपलब्ध रहेको बैंकले जनाएको छ ।