काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनको क्रममा सुन्धारा क्षेत्रमा सडक बन्द गरि तनाव सृजना भएको छ । धकेलधुकुल हुँदा अवस्था तनावग्रस्त बनेको हो ।
अहिले सामान्य अवस्थामा र्यालि अगाडि बढेको छ । भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गरिरहेको हो ।
आन्दोलनमा पार्टीका शीर्ष नेताहरू पनि सहभागी छन् ।