समाचार

बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका ११ जना कर्मचारी रिहा

By खबरहब

March 14, 2024

काठमाडौं– बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका उच्च तहका ११ जना कर्मचारीहरू रिहा भएका छन् । 

प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने र ४ बहालवाला कर्मचारीसहित ११ जनालाई नै दैनिक हाजिरी जमानीमा छोडेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बतायो ।

अनुसन्धानको कामहरू पूरा भइसकेको र बयान समेत सकिएको अवस्थामा उनीहरूलाई कागज गरेर छाडिएको सीआईबीले जनाइएको छ ।

सेन्चुरी कमर्सियल बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।