प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

ग्यास सिलिन्डर विस्फोट हुँदा ट्युनिसियामा ३५ जना घाइते

By खबरहब

March 14, 2024

ट्युनिस – ट्युनिसियाको राजधानी ट्युनिसको दक्षिणी उपनगरस्थित रादेस जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते भएका छन्।

नागरिक सुरक्षा विभागका प्रवक्ता मोएज ट्रियाले बताए अनुसार घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय समय अनुसार बिहान ६२० बजे राष्ट्रिय तेल वितरण कम्पनीको स्वामित्वमा रहेको ग्यास भर्ने केन्द्रमा विस्फोट भएको थियो ।

ग्यास सिलिन्डर भर्ने क्रममा ग्यास चुहावटका कारण विस्फोट भएको बताइएको छ ।