अपराध

लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

March 14, 2024

मोरङ – प्रहरील मोरङबाट लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने ३० बर्षिया सुनिता राई रहेकी छन् ।

उनका को घरमा लागू औषध विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित उनलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले निजको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ३।५ केजी अवैध लागू औषध गाँजा र नेपाली नगद रू ५ लाख ३८ हजार २ सय ५०, डिजिटल तराजु २ थान र विभिन्न कम्पनीको मोवाईल २ थान समेत बरामद गरिएको छ ।