समाचार

सहकारी छानबिन समिति बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

By खबरहब

September 14, 2024

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्‌ ।

समितिले तयार गरेको सहकारी ठगीबारे मस्यौदा प्रतिवेदनमा आज (शनिबार) बिहान ८ बजेदेखि नै छलफल थालेको थियो । समिति सदस्यहरूले बिहानको चियादेखि खाना र खाजा पनि सिंहदरबारमै खाएका थिए ।

समितिले हिजै बैठकमा प्रधानमन्त्री उपस्थित हुने जानकारी दिएको थियो । अहिले सुरु बैठकमा सहकारी संस्थाबाट बचत अपचलन गरी फरार भएकाहरू र मस्यौदा प्रतिवेदनबारे प्रधानमन्त्रीसहित छलफल हुँदैछ ।