खेलकुद

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शिर्ष स्थानमा

By खबरहब

April 14, 2024

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले लुटन टाउनलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो ।

म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जोस्को गभारडिओलले एक–एक गोल गरेका थिए । एक गोल भने आत्मघाती स्वरुप प्राप्त भएको थियो । लुटन टाउनका डैकी हशिओकाले आत्मघाती गोल गरेका थिए । यता, लुटनका लागि रोज बार्कलीले एक गोल गरेका थिए ।

यो जितसँगै म्यानचेस्टर सिटी ३२ खेलबाट ७३ अंकका साथ लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेका आर्सनल र लिभरपुलको समान ७१ अंक छ । पराजित भएको लुटन टाउन ३३ खेलबाट २५ अंकसहित रेलिगेसन जोनमा रहेको छ ।