धर्म / संस्कृति

यसरी मनाइयो सिन्दूर जात्रा (तस्बिरहरु)

By खबरहब

April 14, 2024

काठमाडौं– मध्यपुरथिमीमा आइतबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा मनाइएको छ ।बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो ।

मूल देवता खटमा राखी धिमे बाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

तस्बिरहरु हेर्नुहाेस् : 

तस्बिर: चिरायु शाक्य